काठमाडौं । डा. गोविन्द केसीसँग वार्तामार्फत सहमतिपूर्ण समाधान खोज्ने उद्देश्यले शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेल धनगढी पुगेका छन्।
शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार सोमबार साँझ डा. केसीसँग टेलिफोनमार्फत प्रारम्भिक संवाद भएको थियो। सोही संवादलाई औपचारिक रूपमा अघि बढाउन मन्त्रालयका सचिव पौडेल प्रत्यक्ष वार्ताका लागि धनगढी पुगेका हुन्।
मन्त्री पोखरेलले मंगलबार प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव पनि धनगढी पुगेर वार्तामा सहभागी हुने जानकारी दिएका छन्।
सरकारले संवाद र सहमतिमार्फत डा. केसीका मागको यथाशीघ्र समाधान निकाल्न आफू प्रतिबद्ध रहेको जनाएको छ।