विराटनगर । प्रधानमन्त्री वालेन शाह र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएकाे छ ।
आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अध्यक्ष लिङ्देनसहितका नेताहरूसँग भेटवार्ता भएकाे हाे ।
छलफलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन तथा मुख्य स्वकीय सचिव सुवास शर्मा थिए भने राप्रपाबाट अध्यक्ष लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक खुस्बु ओली सहभागी थिए।
संविधान संशोधन, रासायनिक मल अभाव, सुकुम्बासी व्यवस्थापन, स्वास्थ्य बिमालगाातयका विषयमा छलफल भएको सांसद् ओलीले बताइन् ।
आफूहरूले उठान गर्दै आएको राजसंस्था, हिन्दु राष्ट्र, संघीयता खारेजीजस्ता विषय पनि संविधान संशोधन बहस पत्रसम्बन्धी प्रतिवेदनमा आउनुपर्ने विषयमा चासो राखेको थियो