नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी सबै मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्।
सामाजिक विकास मन्त्री घनश्याम भण्डारीका अनुसार चारै जना कांग्रेस मन्त्रीले आज बसेको मन्त्रिपरिषद् बैठकमै मुख्यमन्त्रीलाई राजीनामा बुझाएका हुन्। उनीहरूको राजीनामा स्वीकृतिको प्रक्रियामा रहेको बताइएको छ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले पनि आज बिहान बसेको मन्त्रिपरिषद् बैठकमा कांग्रेसका चारै मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएको पुष्टि गरेका छन्।