मिडिया हाउसअघि शंकास्पद गाडी राखिएको घटनाप्रति रास्वपाको आपत्ति, निष्पक्ष छानबिन र कारबाहीको माग

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २९ असार, २०८३
२ महिनाअघि

काठमाडौं । विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर शंकास्पद रूपमा सवारी साधन राखिएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले उक्त घटनालाई प्रेस स्वतन्त्रतामाथिको मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयासको संज्ञा दिँदै तत्काल निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा सोमबार जारी विज्ञप्तिमा राज्यको चौथो अङ्गका रूपमा स्थापित आमसञ्चार माध्यम र सञ्चारकर्मीहरूलाई त्रसित बनाउने उद्देश्यले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताको ठाडो उल्लङ्घन भएको उल्लेख गरिएको छ।

“राज्यको चौथो अङ्गका रूपमा रहेका सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमा धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताको ठाडो उल्लङ्घन हुन्,” विज्ञप्तिमा भनिएको छ।

रास्वपाले आफू लोकतान्त्रिक, जिम्मेवार र विधिको शासनमा विश्वास गर्ने राजनीतिक दल भएको उल्लेख गर्दै पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा सधैँ दृढतापूर्वक उभिने स्पष्ट पारेको छ। कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने तथा सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने गतिविधि स्वीकार्य नहुने पार्टीको भनाइ छ।

विज्ञप्तिमा स्वतन्त्र र भयमुक्त पत्रकारितालाई लोकतन्त्रको प्राणवायुका रूपमा व्याख्या गर्दै सञ्चार क्षेत्रलाई त्रसित बनाउने उद्देश्यले गरिएका यस्ता गतिविधिको भर्त्सना गरिएको छ। साथै, घटनाको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराइएको छ।

रास्वपाले शंकास्पद गतिविधिमा संलग्न जोकोहीलाई तत्काल पहिचान गरी कानुनबमोजिम कारबाही गर्न माग गरेको छ। साथै, सम्पूर्ण सञ्चारकर्मीलाई कुनै पनि दबाब वा त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारिताको व्यावसायिक धर्म निर्वाह गर्न आग्रह गर्दै पार्टी सधैँ प्रेस स्वतन्त्रता र सञ्चारगृहहरूको सुरक्षाको पक्षमा रहने प्रतिबद्धता व्यक्त गरेको छ।

सोमबार काठमाडौंको तीनकुनेस्थित कान्तिपुर मिडिया हाउस, मध्यबानेश्वरस्थित हिमालयन टेलिभिजन, नयाँ बानेश्वरस्थित अनलाइनखबरलगायत सञ्चारमाध्यमका कार्यालयअगाडि शंकास्पद रूपमा सवारी साधन पार्किङ गरी छाडिएको थियो। पछि नेपाल प्रहरीले ती सवारी साधन क्रेनको सहायताले हटाएको थियो।

प्रकाशित समय: सोमबार २९ असार, २०८३, १८:२६:०९

सम्बन्धित खबर

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
१२ घण्टाअघि

सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी

बुधबार २४ भदौ, २०८३
१२ घण्टाअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ दिनअघि

इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु

मङ्गलबार २३ भदौ, २०८३
२ दिनअघि

मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ

मङ्गलबार २३ भदौ, २०८३
२ दिनअघि

रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते

सोमबार २२ भदौ, २०८३
३ दिनअघि
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०