काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रभित्र पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएर घर पुर्याएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार प्रसाईंले विमानस्थल परिसरमै पत्रकार सम्मेलन गरी विशेष सम्बोधन गर्ने तयारी गरेका थिए।
प्रहरीका अनुसार निषेधित क्षेत्रमा कार्यक्रम गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिई भक्तपुरस्थित निवाससम्म पुर्याइएको हो।
प्रसाईंले गणेश नेपालीको न्यायको माग गर्दै विमानस्थलमै विशेष सम्बोधन गर्ने तयारी गरेका थिए। घटनाबारे प्रहरीले आवश्यक निगरानी र सुरक्षा व्यवस्था अपनाएको जनाएको छ।