विराटनगर । प्रधानमन्त्री वालेन शाह र एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्दाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा नेपालको हित र एडीबीले गर्दै आएको सहयोग लगायतका विषयमा कुराकानी भएको छ।
जेनजी आन्दोलनपछि वालेन शाह नयाँ प्रधानमन्त्री भएलगत्तै कान्दाले नेपालको विकासका प्राथमिकताहरूमा एडीबीले निरन्तर सहयोग गर्ने धारणा एक्समार्फत् सार्वजनिक गरेका थिए।
कान्दाको नेपाल भ्रमणको अवसरमा एडीबीसँग नेपालले १६ करोड ५० लाख अमेरिकी डलर २५ अर्ब रुपैयाँ बराबर सहुलीयतपूर्ण ऋण लिने सम्झौता भएको छ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र कान्दाको उपस्थितिमा दुई आयोजनामा लगानी गर्न सो रकम बराबरको सहुलीयतपूर्ण ऋण लिनेबारे सोमबार सम्झौता भएको हो।