विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीले परिवारवाद र नातावादलाई पूर्ण निषेध गरेको छ ।
चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनले अनुमोदन गरेको चौथो संशोधन विधानले परिवारवाद र नातावादलाई पार्टीको सबै तहमा नियुक्ति, मनोनीत वा निर्वाचित हुन बन्देज लगाएको हो ।
विधानको धारा ७(१) मा परिवारवाद र नातावाद परिभाषित गरिएको छ ।
विधानमा भनिएको छ,‘पार्टीमा एकै परिवारका एक जनाभन्दा बढी सदस्य पार्टीको कुनै कुनै समान तहको समिति, विभाग, आयोग वा संयन्त्रमा नियुक्ति, मनोनीत वा निर्वाचित हुन पाउने छैन ।’