विराटनगर । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन गर्न गठन गरिएको नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको कार्यदलको बैठक अब असार २५ गते बस्ने भएको छ ।
यसअघि बैठक असार २२ गतेका लागि तय गरिएको भए पनि मिति परिवर्तन गरिएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए।
थापा नेतृत्वको कार्यदलको प्रतिवेदनका आधारमा पार्टी पुनर्गठन गर्ने एमालेको तयारी छ ।