विराटनगर । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आज १०० दिन पूरा गरेको छ।
सरकारले सेवा प्रवाह, प्रशासनिक सुधार, शिक्षा, न्याय, भूमि व्यवस्थापन र सुशासनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरेको छ।
सरकारका अनुसार ५ हजार ७२८ राहदानी घरमै वितरण गरिएको, राष्ट्रिय परिचयपत्र अनलाइनबाट डाउनलोड गर्न सकिने व्यवस्था सुरु गरिएको तथा मन्त्रालयको संख्या २५ बाट १८ मा झारिएको छ।
यसैगरी एसईई र कक्षा १२ को नतिजा एक महिनाभित्र सार्वजनिक गरिएको, करिब २६ लाख स्मार्ट लाइसेन्स छापिएको र बैंकबाटै जग्गा रोक्का–फुकुवा गर्न सकिने व्यवस्था लागू गरिएको जनाएको छ।
त्यस्तै, नदी किनाराका अतिक्रमित बस्ती हटाई प्रभावित परिवारको व्यवस्थापन गरिएको छ।
बर्दियामा २९ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरिएको तथा समस्याग्रस्त सहकारीका बचतकर्तालाई दुई करोड ६३ लाख ९० हजार रुपैयाँभन्दा बढी रकम फिर्ता गरिएको सरकारको दाबी छ।