विराटनगर । नेपाली कांग्रेसकी सांसद् विष्णुकुमारी सापकोटाले गाँजा खेतीलाई कानुनी मान्यता दिन सरकारसँग माग गरेकी छन्।
राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै गाँजा खेतीको व्यावसायिक र औद्योगिक उपयोगबाट देशको अर्थतन्त्रमा ठुलो सुधार ल्याउन सकिने बताइन्।
उनले भनिन्,‘गाँजा खेती र यसको व्यवस्थापनलाई मनोरञ्जनको पाटोबाट मात्र नहेरी यसबाट उत्पादन हुने तेल, कपडा र औषधीजन्य उद्योग सञ्चालन गर्न सके लाखौँ युवाहरूलाई स्वदेशमै रोजगारी दिन सकिन्छ ।’
विगत तीन वर्षदेखि आफूले यो मुद्दा उठाउँदै आएको स्मरण गराउँदै गाँजाको औषधीय र औद्योगिक महत्त्वलाई ध्यान दिनुपर्ने बताइन्।