विराटनगर । प्रधानमन्त्री वालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज ५ बजे बस्ने गरि बैठक बोलएका हुन् ।
प्रमुख विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार परिषद्को बैठकका लागि सदस्यहरूलाई जानकारी गराइसकिएको छ ।
बैठकमा विभिन्न संवैधानिक निकायमा रहेका रिक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने विषय मुख्य एजेन्डाका रूपमा रहेको छ।