सुनवर्षी नगरपालिकाले सार्वजनिक गर्‍यो २०८२/८३ को बजेट : शिक्षा, पूर्वाधार, सामाजिक सुरक्षा र सुशासनमा विशेष जोड

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १२ असार, २०८३
२ महिनाअघि

मोरङ । मोरङको सुनवर्षी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। नगर प्रमुख श्याम प्रसाद राजवंशीको नेतृत्वमा सार्वजनिक गरिएको बजेटले शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा, पूर्वाधार विकास, खेलकुद, संस्कृति, विपद् व्यवस्थापन तथा सुशासनलाई प्राथमिकतामा राखेको छ। नगरपालिकाको कार्यसम्पादनलाई प्रभावकारी बनाउन उपप्रमुख मिरादेवी दास केवरत तथा प्रमुख प्रशासकीय अधिकृत हिमालय बरालको समन्वयमा बजेट कार्यान्वयन गरिने नगरपालिकाले जनाएको छ।

बजेटअनुसार नगरपालिकाले प्रशासनिक सेवा प्रभावकारी बनाउने, शिक्षा क्षेत्रलाई थप व्यवस्थित गर्ने तथा विकास निर्माणका योजनालाई तीव्रता दिने लक्ष्य लिएको छ। कर्मचारी तथा शिक्षक व्यवस्थापनका लागि उल्लेख्य बजेट छुट्याइएको छ। नगर शिक्षक पारिश्रमिकका लागि ८० लाख रुपैयाँ, गत आर्थिक वर्षको बाँकी पारिश्रमिक भुक्तानीका लागि ४० लाख रुपैयाँ तथा कर्मचारी पारिश्रमिकका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ। विद्यालय कर्मचारीका लागि थप पारिश्रमिक, महँगी भत्ता, प्रोत्साहन भत्ता, बैठक भत्ता, कर्मचारी कल्याण कोष, निवृत्तिभरण तथा बीमा कोषका लागि पनि छुट्टाछुट्टै बजेट व्यवस्था गरिएको छ। करारका कर्मचारी तथा नगर प्रहरीको तलब–भत्ताका लागि ३ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ।

सामाजिक सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै अति विपन्न नागरिकको स्वास्थ्य बीमा, आर्थिक सहायता, जेष्ठ नागरिक, महिला, दलित, आदिवासी जनजाति, मधेसी समुदाय तथा अपाङ्गता भएका व्यक्तिलक्षित विभिन्न कार्यक्रम सञ्चालनका लागि बजेट व्यवस्था गरिएको छ। विपद् व्यवस्थापन कोषका लागि २४ लाख रुपैयाँ, प्रकोप व्यवस्थापन कोषका लागि १५ लाख रुपैयाँ तथा विपद् जोखिम न्यूनीकरण केन्द्र सञ्चालनका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ।

कृषि तथा उद्यम विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले किसानका लागि सिँचाइ महसुल भुक्तानी, उद्यम विकास कार्यक्रम, सीप विकास तालिम, उपभोक्ता तालिम, सहकारी तालिम तथा राजस्व अभिवृद्धि कार्यक्रमका लागि समेत बजेट छुट्याइएको छ। सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण तथा सुशासन प्रवर्द्धनका कार्यक्रमलाई पनि बजेटले समेटेको छ।

पूर्वाधार विकासतर्फ नगरपालिकाले सडक, भवन तथा सार्वजनिक संरचना निर्माणलाई विशेष प्राथमिकतामा राखेको छ। वडा नं. ६ को वडा कार्यालय भवन निर्माण, अमरदह रेडक्रस भवन निर्माण, विभिन्न धार्मिक तथा सांस्कृतिक संरचना निर्माण, सडक स्तरोन्नति तथा कालोपत्रे कार्यक्रमका लागि करोडौँ रुपैयाँ विनियोजन गरिएको छ। गान्धी आश्रमदेखि नरबुङ्ग चोकसम्म कालोपत्रे सडक निर्माणका लागि ५० लाख रुपैयाँ तथा जफर ईटाभारीबाट रेडक्रस जाने सडक कालोपत्रेका लागि ४० लाख रुपैयाँ बजेट छुट्याइएको छ। विभिन्न टोल तथा बस्तीमा सडक स्तरोन्नति, ग्राभेल, कल्भर्ट तथा अन्य सार्वजनिक पूर्वाधार निर्माणका योजनासमेत बजेटमा समावेश छन्।

शिक्षा, युवा तथा खेलकुद क्षेत्रलाई पनि बजेटले प्राथमिकतामा राखेको छ। विद्यार्थीका लागि न्यानो कपडा तथा स्वेटर वितरण, मेयर कप फुटबल तथा क्रिकेट प्रतियोगिता, युवा खेलकुद सामग्री खरिद तथा विभिन्न संघसंस्थालाई खेलकुद सामग्री उपलब्ध गराउने कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ।

नगरपालिकाले धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई समेत निरन्तरता दिएको छ। धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन, नगरपालिकाको वृत्तचित्र निर्माण तथा प्रसारण, सांस्कृतिक सम्पदाको संरक्षण, भजन–कीर्तन मण्डलीका लागि बाजागाजा खरिद तथा धार्मिक संस्थालाई सहयोग गर्ने कार्यक्रम बजेटमा समेटिएका छन्।

त्यसैगरी कार्यालय सञ्चालन, सूचना प्रविधि, सञ्चार, सवारी साधन सञ्चालन, मर्मत–सम्भार, कार्यालय सामग्री, सूचना प्रकाशन, कर्मचारी क्षमता अभिवृद्धि, अनुगमन तथा भ्रमणलगायत प्रशासनिक क्षेत्रका लागि पनि आवश्यक बजेट विनियोजन गरिएको छ।

प्रकाशित समय: शुक्रबार १२ असार, २०८३, १२:०७:५४

सम्बन्धित खबर

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
२१ घण्टाअघि

भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह

बिहिबार १८ भदौ, २०८३
१ दिनअघि

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
३ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
३ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
३ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
४ दिनअघि
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०