विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पार्टीमा ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्यता दिएको भन्दै नेपाली कांग्रेसकी सांसद् रेनुका काउचाले आपत्ति जनाएकी छिन् ।
आज बसेको प्रतनिधिसभा बैठमा उनले सत्तारुढ दललाई संविधान र कानूनले नछुने हो भन्दै आपत्ति जनाएकी हुन् ।
रास्वपाको महाधिवेशनमा प्रस्तुत एक प्रतिवेदनमा १८ वर्षमुनिका ३५ हजार २ सय ५७ जना १८ वर्षमुनिका व्यक्ति पार्टी सदस्य रहेको आँकडा प्रस्तुत गरिएको थियो ।
उनले भनिन्,’रास्वपाले ३५ हजार २ सय ५७, १८ वर्षमुनिका बालबालिकालाई सदस्यता दिएको रहेछ । नेपालको संविधान र कानूनअनुसार १८ वर्षमुनिका बालबालिकालाई सदस्य बनाउन पाइँदैन । त्यसो गरिएमा ८० हजार जरीवाना र ३ वर्ष कैद सजायको व्यवस्था छ । के सत्तारुढ दलद रास्वपालाई संविधान र कानूनले छुँदैन रु रास्वपा संविधानभन्दा माथि हो ?’