देवानगञ्ज गाउँपालिकाको बजेट ५० करोड ५६ लाख रुपैयाँ

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १० असार, २०८३
२ महिनाअघि

विराटनगर- सुनसरीको देवानगञ्ज गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि  ५० करोड ५६ लाख रुपैयाँभन्दा बढीको बजेट ल्याएको छ।

बुधबार सम्पन्न २१ औं गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी विभा यादवले आगामी आर्थिक वर्षका लागि ५० करोड ५६ लाख ५७ हजार ४ सय ३० रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन्।

विनियोजित बजेटमध्ये चालुतर्फ ३७ करोड २१ लाख ३७ हजार ४ सय ३० रुपैयाँ अर्थात् कुल बजेटको ७३ प्रतिशत र पुँजीगततर्फ १४ करोड २४ लाख ६० हजार रुपैयाँ अर्थात् २७ प्रतिशत खर्च हुने अनुमान गरिएको छ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित ५७ करोड ६४ लाख ६६ हजार ९ सय ८० रुपैयाँ बजेटमाध्ये दश महिनामा ५४.४८ प्रतिशत अर्थात् ३१ करोड ४१ लाख १६ हजार ७ सय ५५ रुपैयाँ मात्र खर्च गरेको छ। चालुतर्फ २४ करोड ८४ लाख २३ हजार ७ सय ५५ रुपैयाँ र पुँजीगततर्फ ६ करोड ५६ लाख ९३ हजार रुपैयाँ खर्च भएको हो।

आगामी आर्थिक वर्षको बजेटमार्फत गाउँपालिकाले सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, आर्थिक गतिविधिलाई सहज गरी देवानगञ्जवासीको जीवनस्तरमा सुधार ल्याउन भौतिक पूर्वाधार विकास गर्ने, कृषि क्षेत्रमा व्यवसायीकरण, आधुनिकीकरण र विद्युतीय सिँचाइका लागि विद्युत महसुल निःशुल्क गरी उत्पादकत्व वृद्धि गर्ने लगायतका लक्ष्य लिएको छ।

यस्तै जी‍वनोपयोगी तथा सीपयुक्त शिक्षाको प्रबन्ध मिलाउने, सांस्कृतिक तथा धार्मिक पर्यटनको विकास गर्ने, नतिजामुखी शासकीय व्यवस्था र सुशासन कायम गर्ने, आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा समतामूलक विकास कार्य गर्ने विषयलाई पनि बजेटको लक्ष्यका रूपमा प्रस्तुत गरिएको छ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, १९:३४:५४

सम्बन्धित खबर

सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए

शुक्रबार २९ साउन, २०८३
१० घण्टाअघि

सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त

शुक्रबार २९ साउन, २०८३
१४ घण्टाअघि

धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने

शुक्रबार २९ साउन, २०८३
१५ घण्टाअघि

पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

बिहिबार २८ साउन, २०८३
१ दिनअघि

विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 

बिहिबार २८ साउन, २०८३
१ दिनअघि

बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम

बिहिबार २८ साउन, २०८३
१ दिनअघि
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
साढे ५ महिनापछि स्वदेश फर्किए देउवा
बिहिबार २८ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति राप्रपाको आपत्ति, तत्काल रिहाइको माग
बिहिबार २८ साउन, २०८३
सुदूरपश्चिमका मुख्यमन्त्रीले राजीनामा दिने
बुधबार २७ साउन, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार २६ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०