विराटनगर । हुम्लामा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
आज सिमकोट गाउँपालिका–७ धारापोरीस्थित पाम्लाथुङबाट हिल्सातर्फ जाने क्रममा कर्णाली प्रदेश ०२–००१ ज ०७०१ नम्बरको जिप दुर्घटना हुँदा ४ जना घाइते भएका हुन् ।
दुर्घटनामा जिप चालक सुर्खेत बराहताल गाउँपालिका ७ बस्ने २८ वर्षीय रमेश सिजापति, हुम्ला सिमकोट गाउँपालिका ७ ताङलाथुङ बस्ने २८ वर्षीय गंगबहादुर शाही, ५५ वर्षीया गंगसरा शाही र ४० वर्षीय गोकुल शाही घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइतेहरूलाई तत्कालै उद्धार गरी जिल्ला अस्पताल सिमकोट पठाइएको छ ।