विराटनगर । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ३६ सयले घटेर तोलाको २ लाख ८३ हजार ५ सयमा कारोबार भइरहेको छ।
त्यसैगरी, मंगलबार २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १०५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार चाँदी तोलाको ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।