विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज दिउँसो २ बजेदेखि सुरु हुने भएको छ ।
बन्दसत्रमा विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने, विधान संशोधन र आर्थिक–राजनीतिक प्रस्तावनामाथि छलफल गर्ने तथा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउने कार्यतालिका तय गरिएको महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
त्यसैगरी,कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन र महामन्त्री बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन पेश गर्नेछन् ।