विराटनगर । कृषिप्रधान देशका रूपमा परिचित नेपालमा धान मुख्य खाद्यान्न बाली मानिन्छ।
पर्याप्त खेतीयोग्य जमिन र अनुकूल हावापानी हुँदाहुँदै पनि उत्पादन अपेक्षाअनुसार बढ्न नसक्दा देश धान तथा चामलआयातमा निर्भर बन्दै गएको छ।
यसैबीच, चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालले करिब ३८ अर्ब रुपैयाँ बराबरको धानचामल आयात गरेको छ।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि जेठ मसान्तसम्म ३७ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ मूल्य बराबरको ७ लाख ११ हजार ५ सय २० टन धानचामल विदेशबाट आयात गरिएको हो।