विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नयाँ राष्ट्रपति बन्न सक्ने दाबी गरेका छन् ।
रास्वपाको चितवनमा सुरू भएको महाधिवेशनमा भट्टराईले आफूलाई रास्वपाबाट कुनै ललिपपको आशा नरहेको अभिव्यक्ति दिएकै भोलिपल्ट साम्पाङले यस्तो दाबी गरेका हुन् ।
साम्पाङले भने सोमबार सामाजिक सञ्जालमा भनेका छन्,’अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन् ।’
उद्घाटन समारोहमा भाषण गर्दै भट्टराईले आफू जीवनभर मर्न हिँडेको भन्दै कुनै ललिपप नखाने बताएका थिए ।
रास्वपाले उनलाई राष्ट्रपति बनाउन सक्ने चर्चा पहिल्यैदेखि चल्दै आएको समेत थियो ।