अमेरिका–इरान शान्ति सम्झौता स्थगित, वार्ता अब प्राविधिक तहमा केन्द्रित

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ५ असार, २०८३
२ महिनाअघि

काठमाडौंअमेरिकाइरान बीच हुने भनिएको बहुप्रतीक्षित शान्ति सम्झौता समारोह अनिश्चितकालका लागि स्थगित भएको छ। स्वीट्जरल्यान्डमा शुक्रबार आयोजना हुने तयारी गरिएको उक्त समारोहमा कुनै पनि उच्चस्तरीय अमेरिकी वा इरानी अधिकारी सहभागी नहुने भएपछि कार्यक्रम स्थगित गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

कूटनीतिक स्रोतहरूका अनुसार अब प्रक्रिया औपचारिक हस्ताक्षरतर्फ नभई प्राविधिक तहका विस्तृत वार्तातर्फ मोडिएको छ। अमेरिका, इरान, कतारपाकिस्तानका प्रतिनिधिमण्डलहरू हाल स्वीट्जरल्यान्डका विभिन्न स्थानमा बसेर नयाँ वार्ता ढाँचा तयार गर्न जुटिरहेका छन्।

स्रोतका अनुसार सम्झौताका बाँकी रहेका जटिल र प्राविधिक विषयमा सहमति जुटाउन आगामी ६० दिनसम्म विभिन्न चरणमा वार्ता सञ्चालन गरिनेछ। ती छलफलहरूमा सुरक्षा, कार्यान्वयन प्रक्रिया तथा अन्य संवेदनशील विषयहरूलाई अन्तिम रूप दिने प्रयास गरिने बताइएको छ।

सम्झौता प्रक्रियामा आएको यो अप्रत्याशित परिवर्तनले पाकिस्तानको कूटनीतिक कार्यक्रमलाई पनि प्रभावित पारेको छ। शहबाज शरिफ ले आफ्नो स्वीट्जरल्यान्ड भ्रमण रद्द गरेका छन्। स्रोतहरूका अनुसार समझदारीपत्र (एमओयू) सम्बन्धी मुख्य एजेन्डा पूरा भइसकेकाले उनको भ्रमण आवश्यक नरहेको निष्कर्ष निकालिएको हो।

यद्यपि शान्ति सम्झौता तत्काल हुन नसके पनि सम्बन्धित पक्षहरूले वार्ता प्रक्रिया जारी राखेकाले भविष्यमा सहमतिको सम्भावना अझै कायम रहेको विश्लेषण गरिएको छ।

प्रकाशित समय: शुक्रबार ५ असार, २०८३, ०८:५९:२२
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०