विराटनगर । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्रालयका लागि स्वयंसेवक बन्न आह्वान गरेका छन् ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले आफूसँग नवप्रवर्तनसम्बन्धी विज्ञ उपलब्ध भए पनि यसलाई कानूनी ढाँचामा ढाल्ने विज्ञ आवश्यक भएकोले सरकार वा सरकार बाहिर रहेका व्यक्तिले यसमा सहयोग गर्न आग्रह गरे ।