कोशी प्रदेशमा अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउन विराटनगरमा अनुसन्धान गोष्ठी 

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ३१ जेठ, २०८३
११ घण्टाअघि

विराटनगर । अपराध अनुसन्धानलाई थप प्रभावकारी, तथ्यमा आधारित तथा प्रविधिमैत्री बनाउने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले एक दिवसीय अपराध अनुसन्धान गोष्ठी आयोजना गरेको छ। गोष्ठीमा कोशी प्रदेशका १४ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयका अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी अधिकृत तथा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।

गोष्ठीको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्नुभएको थियो। कार्यक्रममा प्रदेशभर भइरहेका अपराध अनुसन्धानका गतिविधि, अनुसन्धानका क्रममा देखिएका चुनौती तथा समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा सहभागी प्रहरी अधिकारीहरूले अनुसन्धान प्रक्रियामा आधुनिक प्रविधिको प्रयोग, वैज्ञानिक प्रमाण संकलन, अन्तरजिल्ला समन्वय तथा अनुसन्धानलाई अझ प्रभावकारी बनाउने उपायबारे अनुभव आदानप्रदान गरेका थिए। साथै जटिल प्रकृतिका अपराधहरूको अनुसन्धानमा अपनाइने नयाँ अभ्यास र कार्यविधिबारे समेत चर्चा गरिएको थियो।

प्रमुख अतिथि मुख्यमन्त्री कार्कीले शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा अनुसन्धानको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले अपराध अनुसन्धानलाई तथ्य, प्रमाण र आधुनिक प्रविधिमा आधारित बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो। अपराध नियन्त्रण र न्याय सम्पादनका लागि अनुसन्धानको गुणस्तर सुधार अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले प्रहरी संगठनलाई थप व्यावसायिक र प्रविधिमैत्री बनाउन प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो।

कोशी प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको उक्त गोष्ठीले अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै प्रदेशभर अपराध अनुसन्धान कार्यलाई थप प्रभावकारी, समन्वयात्मक र नतिजामुखी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा प्रदेश प्रहरीका उच्च अधिकृत, अनुसन्धान शाखाका प्रमुख तथा विभिन्न जिल्लाबाट आएका प्रहरी कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रकाशित समय: आईतबार ३१ जेठ, २०८३, १५:१३:२६

सम्बन्धित खबर

विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत

आईतबार ३१ जेठ, २०८३
५ घण्टाअघि

‘कांग्रेस व्यवहारिक रुपमा फुटिसक्यो’

आईतबार ३१ जेठ, २०८३
९ घण्टाअघि

दरबार हत्याकाण्डबारे दुर्गा प्रसाईँको विवादास्पद अभिव्यक्ति : राजा हटाउन राजेन्द्र लिङ्देल समेत लागे 

आईतबार ३१ जेठ, २०८३
९ घण्टाअघि

च्याटजिपिटीसँगको संवादपछि युवतीको मृत्यु, ओपनएआईविरुद्ध मुद्दा

आईतबार ३१ जेठ, २०८३
११ घण्टाअघि

इस्कोनमा बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

आईतबार ३१ जेठ, २०८३
१२ घण्टाअघि

पूजाका लागि फूल टिप्न निस्किएकी पद्माको हात्ती आक्रमणमा मृत्यु

आईतबार ३१ जेठ, २०८३
१६ घण्टाअघि
विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत
आईतबार ३१ जेठ, २०८३
‘कांग्रेस व्यवहारिक रुपमा फुटिसक्यो’
आईतबार ३१ जेठ, २०८३
दरबार हत्याकाण्डबारे दुर्गा प्रसाईँको विवादास्पद अभिव्यक्ति : राजा हटाउन राजेन्द्र लिङ्देल समेत लागे 
आईतबार ३१ जेठ, २०८३
च्याटजिपिटीसँगको संवादपछि युवतीको मृत्यु, ओपनएआईविरुद्ध मुद्दा
आईतबार ३१ जेठ, २०८३
कोशी प्रदेशमा अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउन विराटनगरमा अनुसन्धान गोष्ठी 
आईतबार ३१ जेठ, २०८३
इस्कोनमा बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ
आईतबार ३१ जेठ, २०८३
पूजाका लागि फूल टिप्न निस्किएकी पद्माको हात्ती आक्रमणमा मृत्यु
आईतबार ३१ जेठ, २०८३
कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
आईतबार ३१ जेठ, २०८३
विश्वकपः समूह ‘सी’ मा स्कटल्यान्डले खाता खोल्यो, ब्राजिल पर्‍यो अफ्ठेरोमा
आईतबार ३१ जेठ, २०८३
परराष्ट्रमन्त्री शिशिर खनाल चीन जाँदै, यस्ता छन् भ्रमणका उद्देश्य
आईतबार ३१ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०