अशक्त बालकमाथि आफ्नै बुवाबाट अमानवीय व्यवहार, दोषीमाथि कारबाहीको माग

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २८ जेठ, २०८३
८ घण्टाअघि

विराटनगर । विराटनगरमा गम्भीर बहुअपाङ्गता भएका एक बालकमाथि आफ्नै बुवाले पटक–पटक कुटपिट, यातना र ज्यान मार्ने प्रयास गरेको घटनाले मानव अधिकार तथा बालअधिकारको गम्भीर प्रश्न उठाएको छ।

सामुदायिक मनोसामाजिक कार्यकर्ता राजमणी यादवका अनुसार २०८२ वैशाख ६ गते विराटनगर महानगरपालिका क्षेत्रका उमेश राम र उनका छोरा नितेश (निकेश) रामलाई अत्यन्त दयनीय अवस्थामा फेला पारिएको थियो। उमेश रामको खुट्टामा गम्भीर चोट लागेर कुहिएको अवस्था रहेकाले महानगरपालिकाको सहयोगमा कोशी अस्पतालमा उपचारको व्यवस्था गरिएको थियो। त्यस्तै श्रवणदृष्टिविहीन तथा शारीरिक रूपमा अशक्त रहेका बालक नितेश रामलाई कुपोषणको समस्या देखिएपछि कोशी अस्पतालको ओसीएमसी (OCMC) मार्फत उपचार तथा पोषण व्यवस्थापन गरिएको थियो।

तर उपचारको क्रममा करिब १७ दिनपछि बालकका बुवाले अस्पतालबाट जबरजस्ती घर लगेको र त्यसअघि नै “मेरो छोरा अपाङ्ग छ, म घाँटी थिचेर मारिदिन्छु” भन्ने अभिव्यक्ति दिएको राजमणी यादवले बताएका छन्। त्यसयता उनले निरन्तर परामर्श र फलोअप गरे पनि अवस्था सुधार हुन सकेन।

स्थानीयवासीका अनुसार बालकमाथि लामो समयदेखि अमानवीय व्यवहार हुँदै आएको थियो। बालकलाई कुटपिट गर्ने, शरीरका विभिन्न भागमा टोक्ने, उचालेर भुइँमा पछार्ने, घामपानीमा खुला आकाशमुनि सुताउने, पुलमुनि लगेर छाड्ने, राति एक्लै छोडेर हिँड्ने, खाना नदिने तथा हातसमेत भाँचिदिने जस्ता क्रियाकलाप भएको आरोप छ।

‘क’ वर्गको अपाङ्गता भएका बालक नितेश राम कान नसुन्ने, बोल्न नसक्ने, दृष्टिविहीन तथा शारीरिक रूपमा पनि अशक्त रहेको बताइएको छ। यति गम्भीर अवस्थाका बालकमाथि आफ्नै अभिभावकबाट भएको भनिएको व्यवहारप्रति स्थानीयवासी, मानवअधिकारकर्मी तथा अपाङ्गता अधिकारकर्मीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

घटनाको जानकारी पाएपछि सामुदायिक मनोसामाजिक कार्यकर्ता राजमणी यादव घटनास्थल पुगेका थिए। त्यसपछि नेपाल अपाङ्ग महासङ्घ तथा इलाका प्रहरी कार्यालयको समन्वयमा बालकको उद्धार गरी कोशी अस्पतालको ओसीएमसीमार्फत उपचारका लागि भर्ना गरिएको थियो।

राजमणी यादवको पहलमा २०८३ जेठ २३ गते बालकका बुवाविरुद्ध इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिएको छ। उपचारपछि २०८३ जेठ २६ गते नेपाल अपाङ्ग महासङ्घको सहयोगमा बालकलाई मानव सेवा आश्रममा सुरक्षित रूपमा राखिएको छ।

यस घटनाको अर्को दुःखद पक्ष भनेको बालकको अहिलेसम्म जन्मदर्तासमेत नभएको अवस्था हो। जन्मदर्ता गराउने प्रयासस्वरूप राजमणी यादवले वडा कार्यालय तथा विराटनगर महानगरपालिकामा निरन्तर पहल गरिरहेका छन्।

मानवअधिकारकर्मीहरूले दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न तथा पीडित बालकलाई न्याय, संरक्षण, स्वास्थ्य सेवा र पहिचान सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। साथै स्थानीय सरकार, बालअधिकार आयोग, राष्ट्रिय मानवअधिकार आयोग तथा सरोकारवाला निकायहरूले यस घटनामा संवेदनशील भएर तत्काल आवश्यक कदम चाल्नुपर्ने माग गरिएको छ।

प्रकाशित समय: बिहिबार २८ जेठ, २०८३, १७:२४:१५

सम्बन्धित खबर

सरकारले शिक्षा,स्वास्थ्यमा कर लगाएकोमा सत्ता पक्षकै सांसद खरेलले गरे आलोचना

बिहिबार २८ जेठ, २०८३
९ घण्टाअघि

भन्सार छलेर ल्याइएका १४ थान आइफोन बरामद

बिहिबार २८ जेठ, २०८३
९ घण्टाअघि

सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला ५ हजार १ सय रुपैयाँले घट्यो

बिहिबार २८ जेठ, २०८३
१४ घण्टाअघि

इरान–अमेरिका तनाव उत्कर्षमा, अमेरिकी सैन्य बेसमा इरानको जवाफी आक्रमण दाबी

बिहिबार २८ जेठ, २०८३
१५ घण्टाअघि

अध्ययन र अभ्यासका लागि विराट शिक्षण अस्पताल र मनमोहन विश्वविद्यालयको सहकार्य

बुधबार २७ जेठ, २०८३
१ दिनअघि

सांसद् खुश्बु ओलीलाई ज्यान मार्ने र बलात्कारको धम्की, कारबाही गर्ने गृहमन्त्रीको आश्वासन

बुधबार २७ जेठ, २०८३
१ दिनअघि
अशक्त बालकमाथि आफ्नै बुवाबाट अमानवीय व्यवहार, दोषीमाथि कारबाहीको माग
बिहिबार २८ जेठ, २०८३
सरकारले शिक्षा,स्वास्थ्यमा कर लगाएकोमा सत्ता पक्षकै सांसद खरेलले गरे आलोचना
बिहिबार २८ जेठ, २०८३
भन्सार छलेर ल्याइएका १४ थान आइफोन बरामद
बिहिबार २८ जेठ, २०८३
सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला ५ हजार १ सय रुपैयाँले घट्यो
बिहिबार २८ जेठ, २०८३
इरान–अमेरिका तनाव उत्कर्षमा, अमेरिकी सैन्य बेसमा इरानको जवाफी आक्रमण दाबी
बिहिबार २८ जेठ, २०८३
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रघाती भएको हर्क साम्पाङको आरोप
बिहिबार २८ जेठ, २०८३
अध्ययन र अभ्यासका लागि विराट शिक्षण अस्पताल र मनमोहन विश्वविद्यालयको सहकार्य
बुधबार २७ जेठ, २०८३
सांसद् खुश्बु ओलीलाई ज्यान मार्ने र बलात्कारको धम्की, कारबाही गर्ने गृहमन्त्रीको आश्वासन
बुधबार २७ जेठ, २०८३
कक्षा–११ का विद्यार्थीलाई एभरेष्ट स्कुलको अभिमुखीकरण, लक्ष्यसहित अघि बढ्न प्रेरणा
बुधबार २७ जेठ, २०८३
प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा अतिक्रमणसँग सम्बन्धित छ : परराष्ट्रमन्त्री
बुधबार २७ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०