विराटनगर । सरकारले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दैछ। बजेट प्रस्तुत गर्नुअघि त्यसलाई स्वीकृत गर्न सिंहदरबारमा आज दिउँसो २:३० बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ।
मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले अपरान्ह ४ बजे संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण ९बजेट० पेश गर्ने कार्यक्रम रहेको छ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते नै सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ।