विराटनगर । प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटघाट गरेका छन् ।
सरकार बजेट निर्माणमा जुटिरहेका बेला प्रमुख दातृराष्ट्रका प्रतिनिधिहरूसँँग उनले सिंहदरबारमा सामूहिक रुपमा भेटेका हुन्।
भेटका क्रममा नेपालमा नयाँ सरकार आएपछिको विकसित घटना, नयाँ बजेट र युरोपमा नेपालमाथिको हवाई प्रतिबन्ध आदि विषयमा कुरा भएको बताइएको छ।
उनले यसअघि अमेरिका, ईयू र भारतबाट आएका कूटनीतिज्ञहरूलाई एक्लै भेट्न अस्वीकार गर्दै आएका थिए ।