विराटनगर । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको वार्षिक नीति तथा कार्यक्रम कुनै ठट्टाको विषय नभई मुलुकको भविष्यसँग जोडिएको विषय भएकोले यसमा सांसदहरूले विस्तृत रूपमा धारणा राख्न पाउनुपर्ने बताएका छन् ।
नीति तथा कार्यक्रममाथि संघीय संसदमा भएको बहसको समय अपर्याप्त भएको भन्दै असन्तुष्टि व्यक्त गरे। मुलुकको आगामी एक वर्षको मार्गचित्र तय गर्ने महत्वपूर्ण दस्तावेजमाथि पर्याप्त छलफल हुनुपर्नेमा सरकारले यसलाई छोटो समयमा सिमित गरेको उनको तर्क छ ।
उनले विगतमा कम्तिमा तीन दिनसम्म चल्ने यस्तो बहसलाई यसपटक ६ घण्टामा मात्र खुम्च्याइनु दुःखद भएको बताए।