विरनटनगर । बाँकेमा स्रोत नखुलेको ६ लाख भारतीय रूपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
नरैनापुर गाउँपालिकातर्फ हिँडेका उनीहरूलाई अटो रिक्सामा विशेष सूचनाका आधारमा जाँच गर्दा अवैध भारतीय ५ सय र १ हजारका नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे छ ।
पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका-५ बस्ने २९ वर्षीय वीरवल कुम्हार, सोही गाउँपालिका-४ बस्ने ३८ वर्षी मुनिव खाँ रहेका छन् ।
सो रकम आन्तरिक राजस्व कार्यालय, कोहलपुरमा बुझाइएको छ भने पक्राउ परेकालाई हिरासतमा लिएर अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।