काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले पदबाट राजीनामा दिएका छन्।
उनले सोमबार पार्टी सभापति गगनकुमार थापा समक्ष राजीनामा बुझाएका हुन्। राजीनामा पत्रमा विश्वकर्माले पारिवारिक तथा शारीरिक समस्याका कारण पदमा रहेर जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसक्ने अवस्था आएको उल्लेख गरेका छन्।
विश्वकर्मालाई पूर्वप्रधानमन्त्री तथा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले २०८० असोज १३ गते दलित संघको केन्द्रीय अध्यक्षमा नियुक्त गरेका थिए।
यसअघि पनि नेपाली कांग्रेसका भ्रातृ संगठनहरूमा नेतृत्व परिवर्तनको क्रम जारी रहँदै आएको छ। केही दिनअघि नेपाल तरुण दलका अध्यक्षले समेत राजीनामा दिएका थिए।
