रास्वपाले लागू गर्‍यो उम्मेदवार छनोटको नयाँ मापदण्ड

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २० ब‌ैशाख, २०८३
३ घण्टाअघि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ बाट उत्तीर्ण हुनैपर्ने व्यवस्था लागू गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको जानकारी प्रवक्ता मनिष झाले दिएका हुन्।
पार्टीका अनुसार उम्मेदवारका आकांक्षी धेरै हुने सम्भावना रहेकाले छनोट प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन ‘क्यान्डिडेट क्लब’ अवधारणा अघि बढाइएको हो। यसअघि संसदीय दलको बैठकले उम्मेदवार छनोट रूपरेखा तयार गर्न समिति गठन गरिसकेको छ।
उक्त समितिको संयोजकमा विपिनकुमार आचार्य रहेका छन् भने सचिवमा रामकुमार (आरके) ढुंगाना तोकिएका छन्। समितिमा समिक्षा बास्कोटा, केपी खनाल, कामिनी चौधरी, रामकृष्ण भट्टराई र डिल्लिश्वर कार्की (रोहन) सदस्यका रूपमा रहेका छन्।
रास्वपाले आगामी २०८४ सालमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै अहिलेबाटै तयारी सुरु गरेको जनाएको छ। २०७९ सालमा सम्पन्न स्थानीय निर्वाचनको पाँच वर्षे कार्यकाल २०८४ मा सकिँदैछ।
यसैबीच, पार्टीले स्थानीय तह र प्रदेश सभा निर्वाचन एकै समयमा गराउने लक्ष्यसहित रणनीति बनाउँदै आवश्यक संरचना र प्रक्रियाहरू अघि बढाएको छ। यसअघि उम्मेदवार छनोट रूपरेखा २०८३ को मस्यौदा प्रतिवेदन पनि पार्टी सभापति रवि लामिछानेलाई हस्तान्तरण गरिएको थियो।

प्रकाशित समय: आईतबार २० ब‌ैशाख, २०८३, १५:१६:१६

सम्बन्धित खबर

संवैधानिक परिषद् अध्यादेश राष्ट्रपति पौडेलद्वारा फिर्ता, बहुमतीय प्रणाली जोगाउन आग्रह

आईतबार २० ब‌ैशाख, २०८३
३३ minutes

सुकुमवासी व्यवस्थापन चैतभित्रै गर्न रास्वपाको सरकारलाई सुझाव

आईतबार २० ब‌ैशाख, २०८३
३८ minutes

इट्टा भट्टा सञ्चालनका लागि कडा मापदण्ड लागू

आईतबार २० ब‌ैशाख, २०८३
१ घण्टाअघि

सीमा क्षेत्रमा तस्करी रोक्न सरकार कडा, जनजीवन र व्यापारबीच सन्तुलन खोजिँदै : रवि लामिछाने

आईतबार २० ब‌ैशाख, २०८३
२ घण्टाअघि

एमाले सदस्यता अब पूर्ण रूपमा डिजिटल, अनलाइन नवीकरण प्रणाली लागू गर्ने निर्णय

आईतबार २० ब‌ैशाख, २०८३
२ घण्टाअघि

इरान-इजरायलको भूराजनीतिक तनावले साउदीमा छायो मदिराको संकट

आईतबार २० ब‌ैशाख, २०८३
२ घण्टाअघि
संवैधानिक परिषद् अध्यादेश राष्ट्रपति पौडेलद्वारा फिर्ता, बहुमतीय प्रणाली जोगाउन आग्रह
आईतबार २० ब‌ैशाख, २०८३
सुकुमवासी व्यवस्थापन चैतभित्रै गर्न रास्वपाको सरकारलाई सुझाव
आईतबार २० ब‌ैशाख, २०८३
इट्टा भट्टा सञ्चालनका लागि कडा मापदण्ड लागू
आईतबार २० ब‌ैशाख, २०८३
सीमा क्षेत्रमा तस्करी रोक्न सरकार कडा, जनजीवन र व्यापारबीच सन्तुलन खोजिँदै : रवि लामिछाने
आईतबार २० ब‌ैशाख, २०८३
एमाले सदस्यता अब पूर्ण रूपमा डिजिटल, अनलाइन नवीकरण प्रणाली लागू गर्ने निर्णय
आईतबार २० ब‌ैशाख, २०८३
इरान-इजरायलको भूराजनीतिक तनावले साउदीमा छायो मदिराको संकट
आईतबार २० ब‌ैशाख, २०८३
रास्वपाले लागू गर्‍यो उम्मेदवार छनोटको नयाँ मापदण्ड
आईतबार २० ब‌ैशाख, २०८३
नयाँ आईजीपी पौडेलले सोमबार फुली लगाउने, गृहसचिवबाट दर्ज्यानी चिन्ह प्रदान गरिने
आईतबार २० ब‌ैशाख, २०८३
सांसद् ढकालले लिए केन्द्रीय सचिवालय सदस्यको शपथ
आईतबार २० ब‌ैशाख, २०८३
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
आईतबार २० ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०