भूमिहीनका मागमा सुकुम्बासी संघको आन्दोलन: चक्काजामदेखि आम हड्तालसम्मको घोषणा

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ ब‌ैशाख, २०८३
४ महिनाअघि

काठमाडौं। भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको अधिकार सुनिश्चित गर्न माग गर्दै अखिल नेपाल सुकुम्बासी संघले चरणबद्ध संघर्ष कार्यक्रम सार्वजनिक गरेको छ। संघका अध्यक्ष अमर परियारले जारी गरेको अपिलमा शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन तथा सबै राजनीतिक दल, संघ–संस्था र जनसंगठनलाई सहकार्य र ऐक्यबद्धता जनाउन आग्रह गरिएको छ।

पहिलो चरणअन्तर्गत वैशाख २० गतेसम्म विभिन्न तहका नेताहरूलाई संघर्ष कार्यक्रमबारे जानकारी गराउँदै कार्यान्वयनका लागि पहल गरिनेछ भने जनप्रतिनिधिहरूलाई फोन, मोबाइल र सामाजिक सञ्जालमार्फत भूमिहीनको समस्या समाधानमा प्रतिबद्धता जनाउन दबाब दिने कार्यक्रम रहेको छ।

दोस्रो चरणअन्तर्गत वैशाख २० देखि ३० गतेसम्म देशभर बैठक तथा भेला आयोजना गरी संघर्ष समिति गठन, सरकारी कार्यालयहरूमा ज्ञापनपत्र बुझाउने तथा जबरजस्ती उठिवासको विरोधमा अभियान सञ्चालन गरिनेछ। यस अवधिमा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला कार्यालयहरूमा समेत विरोधपत्र दर्ता गरिने जनाइएको छ।

संघले वैशाख ३१ गते काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘राइट टु रिकल’ मार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई पदबाट हटाउन माग गर्ने र सोही दिन मेची–महाकाली राजमार्ग चक्काजाम गर्ने चेतावनी दिएको छ। साथै, जेठ १ देखि ७ गतेसम्म देशव्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गरिनेछ र माग सम्बोधन नभए जेठ ७ गतेदेखि देशभर अनिश्चितकालीन आम हड्ताल गर्ने घोषणा गरिएको छ।

संघले जबरजस्ती उठिवास रोक्न, भूमिहीनलाई लालपुर्जा उपलब्ध गराउन तथा संवैधानिक र मानव अधिकारको संरक्षण गर्न सरकारसँग माग गर्दै आन्दोलनका कार्यक्रम अघि बढाइएको जनाएको छ।

प्रकाशित समय: बिहिबार १७ ब‌ैशाख, २०८३, १५:३७:३३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०