रास्वपा बैठकमा रवि लामिछानेको निर्देशन: शासन सुधारदेखि सुकुम्बासी व्यवस्थापनसम्म १२ बुँदे मार्गचित्र

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १६ ब‌ैशाख, २०८३
४ घण्टाअघि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बुधबार बसेको अनौपचारिक बैठकमा सभापति रवि लामिछानेले सांसदहरूलाई शासनशैली सुधार, सेवा प्रवाह सुदृढीकरण, संगठन निर्माण र अध्यादेश सम्बन्धी विषयमा स्पष्ट निर्देशन दिएका छन्। बैठकमा उनले सांसद र मन्त्रीबीच नियमित अन्तरक्रिया आवश्यक रहेको बताउँदै मन्त्रालयगत समन्वयलाई संस्थागत गरिने जानकारी दिए। सरकार परिवर्तनसँगै सत्ता सञ्चालनको संस्कार पनि परिवर्तन हुनुपर्नेमा जोड दिँदै उनले जनमुखी सेवा प्रवाहलाई प्राथमिकता दिन आग्रह गरे।

लामिछानेले “दल सेवक र सहजकर्ताहरूका लागि हो” भन्दै पदको दुरुपयोग नगर्न सांसदहरूलाई सचेत गराए। ‘हेल्लो सरकार’ प्रणालीलाई अझ प्रभावकारी बनाउने र गुनासोको अवस्थालाई ट्र्याक गर्न सकिने व्यवस्था गरिँदै रहेको उनले बताए। उनले सांसदहरूको मुख्य प्राथमिकता कानून निर्माण भएको उल्लेख गर्दै सबै तहसँग समन्वय गर्नुपर्ने तर व्यक्तिगत रूपमा कानून बन्न खोज्ने प्रवृत्तिबाट टाढा रहन निर्देशन दिए। अन्तर्जातीय विवाहका नाममा हुने विभेद र दुर्घटना रोक्न पहल गर्न आग्रह गर्दै घटनास्थलमा मर्यादा कायम राख्न पनि चेतावनी दिए।

खाडी क्षेत्रको द्वन्द्वका कारण बजार मूल्यमा परेको असरबारे सरकार जानकार रहेको र समाधानका लागि काम भइरहेको उनले बताए। संगठन सुदृढीकरणका लागि सबै तहका नेता–कार्यकर्तालाई सक्रिय हुन आह्वान गरिएको छ। सुकुम्बासी व्यवस्थापनका विषयमा जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको उल्लेख गर्दै कसैलाई घरबारविहीन नबनाइने उनले स्पष्ट पारे। बाढी तथा ढल नजिक बस्न बाध्य नागरिकका लागि दीर्घकालीन समाधान खोज्न विशेष आयोग गठन गर्ने तयारी रहेको जानकारी पनि दिए।

अध्यादेशबारे बोल्दै उनले विगतका गलत नियुक्ति र दलियकरण सुधार्न आवश्यक रहेको तर्क गरे। “यो कदम कसैलाई लक्षित होइन, सुधारका लागि कानुनी अभ्यास हो,” भन्दै उनले संवैधानिक निकायहरूमा रिक्त पदका कारण निर्णय प्रक्रियामा समस्या आएको उल्लेख गरे। जनअपेक्षा पूरा गर्न सक्रियता र जिम्मेवारी आवश्यक रहेको उनले बताए। साथै, नियमित छलफललाई निरन्तरता दिइने र सांसदहरूले समस्या वा सुझाव लिखित रूपमा पनि राख्न सक्ने व्यवस्था मिलाइने जानकारी दिइएको छ।

प्रकाशित समय: बुधबार १६ ब‌ैशाख, २०८३, १५:५९:००

सम्बन्धित खबर

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै ‘भरौटे’ले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

बुधबार १६ ब‌ैशाख, २०८३
६० minutes

मालपोत सेवा सुधारमा नयाँ पहल: मन्त्री रावलद्वारा डिजिटल अनुगमन प्रणाली लागू

बुधबार १६ ब‌ैशाख, २०८३
२ घण्टाअघि

कांग्रेस राष्ट्रिय सभा सचेतकमा परियार मनोनीत

बुधबार १६ ब‌ैशाख, २०८३
३ घण्टाअघि

पूर्णबहादुरको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निर्णय

बुधबार १६ ब‌ैशाख, २०८३
३ घण्टाअघि

कान्छारामलाई जिल्ला सभापतिबाट निलम्बन गर्ने कांग्रेसको निर्णय

बुधबार १६ ब‌ैशाख, २०८३
४ घण्टाअघि

कांग्रेस संसदीय दलमा नयाँ जिम्मेवारी: वासना थापा प्रमुख सचेतक, निश्कल राई सचेतक नियुक्त

बुधबार १६ ब‌ैशाख, २०८३
७ घण्टाअघि
ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै ‘भरौटे’ले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन
बुधबार १६ ब‌ैशाख, २०८३
मालपोत सेवा सुधारमा नयाँ पहल: मन्त्री रावलद्वारा डिजिटल अनुगमन प्रणाली लागू
बुधबार १६ ब‌ैशाख, २०८३
कांग्रेस राष्ट्रिय सभा सचेतकमा परियार मनोनीत
बुधबार १६ ब‌ैशाख, २०८३
पूर्णबहादुरको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निर्णय
बुधबार १६ ब‌ैशाख, २०८३
कान्छारामलाई जिल्ला सभापतिबाट निलम्बन गर्ने कांग्रेसको निर्णय
बुधबार १६ ब‌ैशाख, २०८३
रास्वपा बैठकमा रवि लामिछानेको निर्देशन: शासन सुधारदेखि सुकुम्बासी व्यवस्थापनसम्म १२ बुँदे मार्गचित्र
बुधबार १६ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलमा नयाँ जिम्मेवारी: वासना थापा प्रमुख सचेतक, निश्कल राई सचेतक नियुक्त
बुधबार १६ ब‌ैशाख, २०८३
२४ घण्टामा २,७२२ चालक कारबाहीमा, २७ लाख बढी राजस्व सङ्कलन
बुधबार १६ ब‌ैशाख, २०८३
महावीर पुनको सम्पत्ति : २८ रोपनी जग्गा,३ तोला सुन र २९ लाख नगद
बुधबार १६ ब‌ैशाख, २०८३
दुई सातामै फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
बुधबार १६ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०