विराटनगर । सरकारले समस्याग्रस्त सहकारीको पैसा फिर्ता गर्न नयाँ कार्यविधि ल्याएको छ ।
सरकारले समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०८३ जारी गरेको हो ।
उक्त कार्यविधि राजपत्रमा प्रकाशित गर्दै लागु भइसकेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।
समस्याग्रत सहकारी व्यवस्थापन समिति अन्तर्गत रहने गरी चक्रीय कोष स्थापना तथा सञ्चालन गर्न मन्त्रिपरिषद्ले यो कार्यविधि बनाएको हो ।