प्रधानाध्यापकलाई थर्काएको भिडियोपछि सांसद पोखरेलको माफी

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १२ ब‌ैशाख, २०८३
६ महिनाअघि

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले विद्यालयका प्रधानाध्यापकलाई थर्काएको भिडियो सार्वजनिक भएपछि माफी मागेका छन्।

ओखलढुङ्गामा रहेको चण्डेश्वरी माध्यमिक विद्यालयमा भएको घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो व्यवहारप्रति खेद व्यक्त गरेका हुन्। उनले आफ्नो बोली र व्यवहारमा संयमता नदेखिएको स्वीकार गर्दै कसैको आत्मसम्मानमा चोट पुगेको भए क्षमा मागेका छन्।

Advertisement

पोखरेलले भिडियो अपूर्ण सन्दर्भमा काटछाँट गरेर प्रस्तुत गरिएको दाबी गरे पनि सार्वजनिक पदमा रहँदा आफूले अझ धैर्य र मर्यादा देखाउनुपर्ने स्वीकार गरेका छन्।

उक्त घटनामा उनी विद्यालय पुग्दा स्वागत गर्न नआएको भन्दै प्रधानाध्यापकमाथि आक्रोशित भएका थिए। भाइरल भिडियोमा उनले आफू विशिष्ट श्रेणीको पूर्वकर्मचारी भएको उल्लेख गर्दै प्रधानाध्यापकलाई प्रश्न गरेको देखिन्छ।

घटनापछि सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि उनले पार्टी, विद्यालय परिवार तथा आम नागरिकप्रति क्षमायाचना गर्दै आगामी दिनमा थप जिम्मेवार र मर्यादित व्यवहार गर्ने प्रतिबद्धता जनाएका छन्।

Screenshot

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०