विराटनगर । नेपाली कांग्रेसले निर्वाचन प्रक्रियामार्फत संसदीय दलको नेता चयन गर्दै छ ।
निर्वाचन समितिले प्रकाशन गरेको तालिकाअनुसार आज संसदीय दलको नेता चयनका लागि दिउँसो ३ बजेदेखि उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
आज ११ बजेदेखि १२ बजेसम्म दलको नेता बन्न चाहनेहरूको मनोनयन दर्ताको काम हुनेछ । अपराह्न ४ः ४० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ भने साँझ ५ बजेटबाट मतदान सुरु हुनेछ ।