दुर्गम क्षेत्रमै केन्द्रित ऊर्जा योजना बनाउन मन्त्री श्रेष्ठको निर्देशन

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २७ चैत, २०८२
५ महिनाअघि

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा सामाजिक न्यायलाई प्राथमिकता दिँदै ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई केन्द्रमा राख्न निर्देशन दिएका छन्।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र को १११औँ बोर्ड बैठकमा मन्त्री श्रेष्ठले ग्रामीण जनताले प्रत्यक्ष लाभ पाउने गरी कार्यक्रम तर्जुमा गर्न र नवप्रवर्तनमा आधारित योजना ल्याउन सुझाव दिएका हुन्।

केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालका अनुसार मन्त्रीले वस्तुगत र वैज्ञानिक आधारमा योजना तथा बजेट निर्माण गर्न विशेष जोड दिएका छन्।

बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्न केन्द्रलाई सहमति दिएको छ। केन्द्रले प्राप्त बजेट सिलिङभित्र रहेर कार्यक्रम तय गर्नेछ।

त्यस्तै, बैठकले संयुक्त राष्ट्रसंघीय प्रारूप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी कोष’ (Loss and Damage Fund) मा नेपालको तर्फबाट करिब ३ अर्ब ६० करोड रुपैयाँ बराबरको परियोजना प्रस्ताव पेश गर्ने निर्णय पनि गरेको छ।

यस प्रस्तावमा वन तथा वातावरण मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण को संयुक्त पहल रहनेछ।

हरित जलवायु कोषअन्तर्गत उक्त प्रस्ताव पेश गर्न केन्द्रलाई प्रत्यक्ष पहुँच निकायका रूपमा समेत सहमति दिइएको छ।

प्रकाशित समय: शुक्रबार २७ चैत, २०८२, ०९:००:०५
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०