काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा राष्ट्र बैंककै कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नरको पद रिक्त थियो।
डेपुटी गभर्नर नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रले अवकाश पाएसँगै उक्त पद रिक्त भएको थियो। तीमध्ये एक पदमा पण्डित नियुक्त भएका हुन्।