विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको मुद्दामा आजै आदेश आउने सम्भावना छ ।
आइतबारबाट सुनुवाइ शुरू भएकोमा आज सरकार पक्षले बहस गरेको थियो । त्यसपछि रिट निवेदक पक्षबाट जवाफी बहस भएको छ ।
जेनजी आन्दोलनको छानबिन गर्न गठिन पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिसका आधारमा सरकारले ओली र लेखकलाई पक्राउ गरेको थियो ।