बालेनलाई वामदेवको खुलापत्र: ‘केपी ओलीलाई छाडिदिनुहोस्’

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २१ चैत, २०८२
५ महिनाअघि

काठमाडौँ – पूर्वउपप्रधानमन्त्री तथा नेकपा केन्द्रीय सदस्य वामदेव गौतमले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई खुलापत्र लेख्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको हिरासतलाई राजनीतिक र मानवीय दृष्टिले गलत ठहर गरेका छन्।
गौतमले आफ्नो पत्रमा लेखेका छन् कि ७४ वर्षको वृद्ध र अस्वस्थ नेतालाई ठोस कानुनी प्रक्रिया बिना हिरासतमा राख्नु लोकतान्त्रिक अभ्यास विपरित भएको हो। उनले भनेका छन् कि ओलीमाथि जे–जे आरोप लगाइएका छन्, ती सबै प्रमाणित भएपछि मात्र कानुनी कारबाही अगाडि बढाउनु पर्ने थियो।
पूर्वउपप्रधानमन्त्रीले खुलापत्रमा यस प्रकार उल्लेख गरेका छन्:
प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि पार्टीले एकल बहुमत नपाएको कारण मिलिजुली सरकार संचालनमा बाध्यता रहेको थियो।
भदौ २३–२४ को जेन–जी आन्दोलनमा १९ जनाको मृत्यु हुनु र अन्य घाइते हुनु अत्यन्त दुखद घटना रहेको थियो।
त्यसपछि ओलीले राजीनामा दिएर राजनीतिक प्रक्रिया अनुसार काम गर्न सहयोग गरेका थिए।
गौतमले आग्रह गरेका छन् कि वृद्ध र शारीरिक रूपमा कमजोर राजनीतिक व्यक्तिलाई अपमानजनक रुपमा हिरासतमा राख्नु गलत भएको ठहर गर्दै यस गल्ती सच्याउने पहल गर्न प्रधानमन्त्रीसँग अनुरोध गरिएको छ।
उनले पत्रको अन्त्यमा प्रधानमन्त्री शाहको सफल र प्रभावकारी कार्यकालको लागि शुभकामना समेत व्यक्त गरेका छन्।

प्रकाशित समय: शनिवार २१ चैत, २०८२, १५:४६:११
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०