कांग्रेसको १५औं महाधिवेशन प्रक्रिया आजदेखि सुरु

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २१ चैत, २०८२
५ महिनाअघि

काठमाडौं । नेपाली कांग्रेसले आज (शनिबार)देखि १५औं महाधिवेशनको प्रक्रिया अगाडि बढाउने भएको छ। पछिल्लो केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पार्टीले महाधिवेशनको तयारी औपचारिक रूपमा सुरु गर्न लागेको हो।

प्रतिनिधिसभा निर्वाचनपछि १०–११ चैतमा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६–१९ गते महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका पारित गरेको थियो। कार्यतालिकाअनुसार २१ चैतदेखि मसान्तसम्म केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाइने र सदस्यता वितरणका लागि १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाइनेछ।

कांग्रेसले देशभर क्रियाशील सदस्यता वितरणका लागि खटिने प्रतिनिधिहरूलाई आज ‘ओरिएन्टेसन’ दिने कार्यक्रम राखेको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार दिउँसो २ बजे सानेपामा उक्त कार्यक्रम आयोजना हुनेछ।

प्रतिनिधिहरूको नाम भने अझै सार्वजनिक गरिएको छैन। ‘ओरिएन्टेसन’ पछि उनीहरूको नाम सार्वजनिक गरिने दुलालले जानकारी दिएका छन्। साना जिल्लामा एक जना र ठूला जिल्लामा दुई जना प्रतिनिधि खटाइने तयारी छ।

महाधिवेशनका लागि कांग्रेसले वैशाख १ गतेदेखि मसान्तसम्म देशभरका वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने योजना बनाएको छ। यसका लागि एक महिने सदस्यता अद्यावधिक अभियान सञ्चालन गरिनेछ। उक्त अभियानपछि वडाहरूले १५ जेठसम्म सदस्यता प्रतिनिधिसभा क्षेत्र र जिल्लामा पठाइसक्नुपर्नेछ भने क्षेत्र र जिल्लाले २५ जेठसम्म सदस्यता विवरण केन्द्रमा पठाइसक्नुपर्ने कार्यतालिका छ।

केन्द्रले सदस्यतामा आवश्यक छानबिन गरेर १५ असारसम्म अन्तिम टुंगो लगाउने र असार मसान्तसम्म अद्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाइसक्ने योजना कांग्रेसले बनाएको छ।

प्रकाशित समय: शनिवार २१ चैत, २०८२, ११:१५:२१
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०