विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
शुक्रबार सिंहदरबास्थित संघीय संसद सचिवालयमा आज बिहान उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको उम्मेदवारीको प्रस्तावक रास्वपा सभापति रवि लामिछाने र समर्थकमा सांसद् स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन् ।
सभामुखका लागि आज बिहान ११ देखि अपराह्न २ बजेसम्म संघीय संसद सचिवालयको काठघर नं १ मा उम्मेदवारी दर्ता गर्न सकिनेछ ।