जेन-जी आन्दोलन प्रकरण: रमेश लेखक विरुद्ध अनुसन्धानमा फेरि म्याद थप

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १९ चैत, २०८२
५ महिनाअघि

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखक विरुद्ध जारी अनुसन्धानका लागि अदालतले थप दुई दिन हिरासत म्याद दिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रीको इजलासले अनुसन्धान जारी राख्न प्रहरीलाई अनुमति दिएको हो।

भदौ २३–२४ मा भएको जेन-जी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा संलग्नताको आरोपमा गत शनिबार पक्राउ परेका लेखकको बिहीबारदेखि बयान लिन सुरु गरिएको छ। यसअघि जिल्ला प्रहरी परिसरले उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति लिएको थियो।

यसपटक भने अदालतबाट दोस्रो म्याद भिडियो कलमार्फत लिइएको छ। हाल उनी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका छन्।

उक्त आन्दोलनमा भएको दमन र क्षतिका विषयमा छानबिन गर्न गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको आयोगको सिफारिसपछि प्रहरीले लेखकलाई ज्यानसम्बन्धी कसुरमा पक्राउ गरेको हो।

प्रकाशित समय: बिहिबार १९ चैत, २०८२, १९:५१:२७
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०