काठमाडौं । सुदन किरातीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद् सदस्य पदबाट राजीनामा दिएका छन्।
बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमा उनले राजीनामा पत्र बुझाएका हुन्। पार्टी स्रोतका अनुसार उनले पदबाट राजीनामा दिएको पुष्टि भए पनि उक्त राजीनामा अझै स्वीकृत भइनसकेको जनाइएको छ।
यसअघि नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादी लगायत दलहरूसँग एकता गरेपछि किरातीले माओवादी केन्द्र परित्याग गरी प्रलोपा प्रवेश गरेका थिए।