काठमाडौं – बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। सोमबार दिउँसो ४ बजे सिंहदरबार मा बस्ने गरी बैठक बोलाइएको हो।
यो बैठक शाह नेतृत्वको सरकार गठनपछि बस्न लागेको दोस्रो मन्त्रिपरिषद् बैठक हो।
शुक्रबार प्रधानमन्त्री नियुक्त भएका शाहले सोही दिन पहिलो मन्त्रिपरिषद् बैठक आयोजना गरेका थिए। उक्त बैठकले शासकीय सुधारलाई केन्द्रमा राख्दै १०० बुँदे कार्यसूची पारित गरेको थियो।
आज बस्ने बैठकले समसामयिक विषयमा थप महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।