काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले संघीय मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले शासकीय सुधारअन्तर्गत १०० कार्यसूची तय गर्दै मन्त्रालय संख्या घटाउने निर्णय गरेको हो।
शनिबार सार्वजनिक गरिएको कार्यसूचीअनुसार संघीय मन्त्रालयको संख्या १७ मा सीमित गरिने उल्लेख छ। हाल प्रधानमन्त्रीसहित १५ सदस्यीय मन्त्रिमण्डल रहेको छ।
सरकारले ३० दिनभित्र मन्त्रालय संख्या घटाउने गरी कार्यविभाजन नियमावली संशोधन गर्ने निर्णयसमेत गरेको जनाएको छ।