बाग्मती प्रदेशको राजस्व सङ्कलन सुस्त, आठ महिनामा लक्ष्यको ३६.२९ प्रतिशत मात्रै प्राप्त

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ९ चैत, २०८२
३ महिनाअघि

काठमाडौं – बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा वार्षिक लक्ष्यअनुसार अपेक्षित राजस्व सङ्कलन गर्न सकेको छैन। सो अवधिमा प्रदेश सरकारले लक्ष्यको ३६ दशमलव २९ प्रतिशत अर्थात् रु २४ अर्ब ४९ करोड दुई लाख ८७ हजार मात्रै राजस्व सङ्कलन गरेको छ।

प्रदेश सरकारले साउनदेखि फागुनसम्म रु ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो। तर, लक्ष्यको तुलनामा ४५ दशमलव १३ प्रतिशत अर्थात् रु १३ अर्ब ९३ करोड ९७ लाख १५ हजार मात्र राजस्व सङ्कलन भएको आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका अधिकृत सुरज पौडेलले जानकारी दिएका छन्।

प्रदेशको राजस्व सङ्कलनमा घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर मुख्य आयस्रोतका रूपमा रहेका छन्। चालु आवमा घरजग्गा रजिष्ट्रेशनबाट  सात अर्ब ७० करोड सङ्कलन गर्ने लक्ष्य रहेकामा आठ महिनामा  दुई अर्ब ५६ करोड दुई लाख चार हजार मात्रै उठेको छ।

त्यसैगरी, सवारी करतर्फ सवारीसाधन जाँचपास, रुट पर्मिट, चालक अनुमतिपत्र वितरण तथा नवीकरणबाट रु आठ अर्ब २५ करोड राजस्व उठाउने लक्ष्य राखिएकोमा रु चार अर्ब ४४ करोड ९३ लाख ४० हजार सङ्कलन भएको छ।

बाँडफाँडबाट प्राप्त हुने मूल्य अभिवृद्धि कर (VAT)तर्फ रु आठ अर्ब ७९ करोड ८६ लाख ६७ हजार प्राप्त हुने अनुमान गरिएकामा रु पाँच अर्ब चार करोड ६५ लाख १७ हजार सङ्कलन भएको छ। यस्तै, अन्तःशुल्क करतर्फ रु चार अर्ब तीन करोड ७९ लाख नौ हजार लक्ष्य राखिएकोमा रु एक अर्ब ७५ करोड तीन लाख ३६ हजार मात्रै प्राप्त भएको छ।

संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत रु १४ अर्ब ८१ करोड ९३ लाख प्राप्त हुने अनुमान गरिएकामा आठ महिनामा ५३ दशमलव ६० प्रतिशत अर्थात् रु सात अर्ब ९४ करोड २७ लाख ५६ हजार प्राप्त भएको छ।

यसैगरी, आन्तरिक स्रोततर्फ रु चार अर्ब ७७ करोड ७४ लाख २५ हजार सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ५२ दशमलव ३५ प्रतिशत अर्थात् रु दुई अर्ब ५० करोड १२ लाख १८ हजार मात्र प्राप्त भएको मन्त्रालयले जनाएको छ।

राजस्व सङ्कलनमा कमी आउनुका मुख्य कारणमा आर्थिक तरलताको समस्या, घरजग्गा तथा सवारीसाधन खरिद–बिक्रीमा आएको गिरावट, तथा गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा राजस्व सङ्कलन गर्ने निकायमा पुगेको क्षतिलाई लिइएको अधिकृत पौडेलले बताएका छन्।

प्रकाशित समय: सोमबार ९ चैत, २०८२, १६:५७:४५
कोशी प्रदेशको बजेट प्रस्तुत हुँदै
सोमबार १ असार, २०८३
सडक पेटी अतिक्रमण हटाउन सर्वोच्चको परमादेश, प्रहरी पोष्टसमेत हटाउन निर्देशन
सोमबार १ असार, २०८३
नेपाल–भारत सीमा समस्याबारे कञ्चनपुरमा उच्चस्तरीय बैठक
सोमबार १ असार, २०८३
आगामी १० वर्षका लागि डिजिटल मधेस दशक घोषणा
सोमबार १ असार, २०८३
नेपाल-भारत सीमामा पर्खाल लगाउन सांसद् तामाङको माग
सोमबार १ असार, २०८३
मन्त्री लम्सालद्वारा नागढुंगा–मुग्लिङ सडक आयोजनाको अनुगमन
सोमबार १ असार, २०८३
हर्क साम्पाङको प्रश्न,प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ?
सोमबार १ असार, २०८३
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको विरोध
सोमबार १ असार, २०८३
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
सोमबार १ असार, २०८३
विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत
आईतबार ३१ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०