ग्यास अभावको गुनासोबीच भयाे तीन महिनायता कै उच्च ग्यास आयात

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ९ चैत, २०८२
५ महिनाअघि

काठमाडौं – बजारमा ग्यास अभावको गुनासो भइरहेका बेला फागुन महिनामा भने पछिल्ला तीन महिनायता कै उच्च ग्यास आयात भएको तथ्यांक सार्वजनिक भएको छ।

भन्सार विभागका अनुसार फागुनमा ५१ हजार १९२ टन ग्यास आयात भएको छ। यो पुस र माघ महिनाको तुलनामा बढी हो। पुसमा ४७ हजार ४६० टन र माघमा ४६ हजार २८५ टन ग्यास आयात भएको थियो।

उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो बढेपछि नेपाल आयल निगम ले २८ फागुनदेखि आधा सिलिण्डर मात्र वितरण गर्ने नीति अवलम्बन गरेको छ। सामान्यतया जाडोयाममा ग्यासको माग बढ्ने भए पनि यस वर्ष पुस र माघमा आयात अपेक्षाकृत कम देखिएको थियो। साथै खाडी क्षेत्रमा जारी तनावले आपूर्ति प्रणालीमा असर परेको बताइएको छ।

तथ्यांकअनुसार गत वर्षको फागुनको तुलनामा यस वर्ष ३ हजार ४३८ टन बढी ग्यास आयात भएको छ। समग्रमा चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म ३ लाख ७२ हजार २८२ टन ग्यास आयात भएको छ, जुन गत वर्षको सोही अवधिभन्दा १० हजार १८७ टन बढी हो।

यसले कुल आयात बढे पनि वितरण र आपूर्ति व्यवस्थापनका कारण उपभोक्ताले अभाव महसुस गरिरहेको देखिएको छ।

प्रकाशित समय: सोमबार ९ चैत, २०८२, ०९:१६:००
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०