विराटनगर। अर्थमन्त्री रामेश्वर खनालको कुलिङ पिरियड सुरु भएको छ । उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै आफ्नो कुलिङ पिरियड सुरु भएको बताएका हुन् ।
निर्वाचनको मत परिणामको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार पेस भएसँगै उनले मन्त्रालयको दैनिक काममा सहभागी नहुने घोषणा गरेका हुन् ।
कुलिङ पिरियड सुरु भएको र नाम जोडेर हल्ला नगर्न आग्रह गरे। उनले लेखेका छन्, ‘कुलिङ पिरियङ बिगेन्स फ्रम टुडे, नो मोर नेम-ट्याग्ड ट्रायल ब्यालन, प्लिज,आजदेखि कुलिङ पिरियड सुरु भयो। अब नाम जोडेर परीक्षणात्मक हल्ला नफैलाउनुहोस् ।’
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले अब नयाँ मन्त्री नआएसम्म मन्त्रालयमा प्रशासनिक निर्णय मात्रै हुने बताए
अहिले सरकारले नयाँ आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अघि बढाइरहेको छ ।