जनमतको सम्मान गर्दै सरकारलाई काम गर्न दिन एमाले नेता बास्कोटाको आग्रह

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ४ चैत, २०८२
५ महिनाअघि

काठमाडौं – गोकुलप्रसाद बास्कोटा ले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको नयाँ सरकारलाई काम गर्न पर्याप्त समय दिनुपर्ने बताएका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले रास्वपाले झन्डै दुईतिहाइ बहुमतसहित चुनाव जितेपछि सरकार कसरी सञ्चालन गर्ने भन्ने जिम्मेवारी उनीहरूकै भएको उल्लेख गरेका छन्। बास्कोटाले नयाँ सरकारले काम थालेको कम्तीमा तीन महिनासम्म अन्य पक्षबाट टिप्पणी गर्नु उपयुक्त नहुने बताएका छन्।

उनका अनुसार जनता सधैँ साझा रहने भए पनि यसपटक मतदाताले रास्वपालाई रोजेका हुन्। उनले रास्वपाका वाचामा जनताले विश्वास गरेको भन्दै अब सरकारलाई काम गर्न दिनुपर्ने धारणा व्यक्त गरेका छन्। उनले अनावश्यक आलोचना र खिचातानी नगर्न आग्रह गर्दै सरकारलाई सहज वातावरणमा काम गर्न दिनुपर्नेमा जोड दिएका छन्।

‘रास्वपाले चुनाव जित्यो, अब कसरी चलाउँछन् भन्ने उनीहरूकै कुरा हो। नयाँ सरकारले काम थालेको तीन महिनासम्म अरुले केही बोल्नु नै बेकार हो,’ उनले भने, ‘जनता साझा थिए, छन् र हुने नै छन्। फरक यति हो कि यसपटक जनताले उनीहरूलाई रोजे र उनीहरूको वाचा पत्याए। खाँबो चिथोर्न बन्द गरे हुने।’

प्रकाशित समय: बुधबार ४ चैत, २०८२, १८:२३:५९
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०