विराटनगर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वका धनकुटा जिल्ला इन्चार्ज तथा संखुवासभा जिल्लाका कार्यवाहक इन्चार्ज पुष्पबहादुर कोइरालाले राजीनामा दिएका छन् ।
उनले पार्टीको किराँत लिम्बुवान प्रदेश समितिलाई सम्बोधन गरिएको पत्रमा फागुन २१ गतेको निर्वाचनमा अपेक्षित मत प्राप्त हुन नसकेपछि नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको बताए ।
कोइरालाले २०८२ फागुन ३० गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
उनी माओवादीको केन्द्रीय सदस्य रहेका छन् ।