संघीय संसदमा कसको कति सिट ?

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २६ फाल्गुण, २०८२
४ महिनाअघि

कोविराटनगर । हालै सम्पन्न संसदीय निर्वाचनमा नेपालको कलिलो पार्टीमध्येको एक रास्वपाले अभूतपूर्व नतिजा ल्यायो । प्रत्यक्षतर्फ १२५ सिट जितेर सुविधाजनक संसदीय अंकगणितको मत हासिल गरेको रास्वपा समानुपातिकको जारी गणनामा पनि निकै अघि छ । उसले समानुपातिकमा सदर मतको झन्डै आधा मत पाएको छ ।

प्रत्यक्षमा रास्वपाले दुई तिहाइ बढी सिट हासिल गरेको छ । समानुपातिकमा पनि बहुमत सिटको हाराहारीमा छ । यसरी रास्वपाले दुई तिहाइभन्दा बढी सिट हासिल गर्दा अघिल्लो संसद्का ठुला दल नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका दलको उपस्थिति प्रतिनिधि सभामा यस पटक निकै कमजोर बनेको छ ।

Advertisement

प्रत्यक्षमा नेपाली कांग्रेसले अग्रता कायमसहितको नतिजा हासिल गरेमा बढीमा १८, एमालेले नौ र नेपाली कम्युनिस्ट पार्टीले सात सिटमा जित हासिल गरेका छन् । श्रम संस्कृति पार्टीले तीन सिट जित्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले एक र स्वतन्त्रले एक सिटमा जित हासिल गरेका छन् ।

समानुपातिकको जारी गणनाअनुसार रास्वपाबाहेक कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले कानुन अनुसारको थ्रेसहोल्ड कटाएका छन् । तथापि, समानुपातिक तर्फको मतगणना जारी रहेका कारण अहिले नै संघीय संसदमा कसको कति सिट हुन्छ भन्ने तय भइसकेको छैन ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० (११) को व्यवस्था अनुसार सदर मतको तीन प्रतिशत कटाउने दलले मात्र समानुपातिकमा सिट पाउने व्यवस्था छ ।

राष्ट्रिय दलको मान्यता पाउन भने प्रत्यक्षतर्फ पनि कम्तीमा एक सिट जित्नुपर्ने छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुनेछन् ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

भारत ‘ए’ विरुद्ध नेपालले टी–२० सिरिज खेल्ने
शुक्रबार २६ असार, २०८३
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी
शुक्रबार २६ असार, २०८३
कर्णाली नदीमा भेटियो दुई जनाको शव
शुक्रबार २६ असार, २०८३
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास
बिहिबार २५ असार, २०८३
२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?
बिहिबार २५ असार, २०८३
सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद
बिहिबार २५ असार, २०८३
दुहबीमा लोपोन्मुख पञ्चे बाजा बजाउने तालिम सम्पन्न
बिहिबार २५ असार, २०८३
शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान
बिहिबार २५ असार, २०८३
मुख्यसचिवमा गोविन्द कार्की नियुक्त
बुधबार २४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०